काठमाडौं : नेकपा एमालेबाट निष्कासन गरिएका सांसदहरू सदनमा उपस्थित भए बैठक चल्न नदिने एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। एमालेको संसदीय समितिको बैठकमा अध्यक्ष ओलीले यस्तो विचार व्यक्त गरेका हुन्।

बुधबार बसेको एमालेको संसदीय समितिको बैठकमा ओलीले भने, ‘यदि एमालेबाट निष्कासन गरिएका सांसदहरू सदनमा उपस्थिति भए कुनै पनि हालतमा सदन प्रारम्भ हुनेछैन।’
गत साउन २५ गते पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उनको समूहका नेताहरूलाई एमालेबाट कारबाही गरिएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले उक्त निर्णय
विचाराधीन रहेको भन्दै राखेको र पछि सरकारले अध्यादेश ल्याएर पार्टी फुटाएपछि नेपाल समूहको पार्टीलाई मान्यता दिएको भनी अध्यक्ष ओली आक्रोश पोख्दै आएका छन्।

