काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। दायर गरिएको रिटको मागबमोजिम अन्तरिम आदेश दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले अस्वीकार गरेको हो।

सर्वोच्चले सो रिटउपर छलफल गर्न भदौ २८ गते दुवै पक्षलाई बोलाएको अदालत प्रशासनले जनाएको छ।
एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीका गरेको सिफारिसलाई सभामुखले अगाडि नबढाएको भन्दै
एमाले अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

