काठमाडौँ : दुई दिन अझै मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बङ्गालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएकाले आगामी दुई दिन मनसुनी गतिविधि सक्रिय हुन सक्ने सम्भावना रहेको मङ्गलबार(आज)जारी गरिएको बुलेटिनमार्फत विभागले बताएको छ।

बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्य बदली रहने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँकी प्रदेशका भने केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *