काठमाडौँ: नेपाल र भारतबीच आइतबार साँझ भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोलको अन्तरले पराजित भएको हो ।

पहिलो हाफको खेल बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भारतले २ गोल गर्दै अग्रता लिएको थियो ।
भारतको जीतमा सुनिल क्षेत्री र फारुख चौधरीले १/१ गोल गरे भने नेपालका तेज तमाङले १ गोल फर्काएका थिए ।
चौधरीले खेलको ६२ मिनेटमा गोल गरे भने क्षेत्रीले ८० मिनेटमा गोल गरेका थिए । नेपालका मिडफिल्डर तेज तामाङले खेलको ८६औं मिनेटमा १ गोल फर्काएका थिए।
दुई देशबीच गत बिहीबार भएको खेल बराबरीमा टुङ्गिएको थियो ।
सो मैत्रीपूर्ण खेलको अवलोकन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँणलगायत उच्च पदस्थ अधिकारीहरु रंगशाला पुगेका थिए।

