काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले
सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ।
शुक्रबार जारी गरिएको अन्तर पार्टी निर्देशनमा सो कुरा उल्लेख गरिएको छ।

एकीकृत समाजवादीका प्रदेश इन्चार्जहरूमा प्रदेश १- घनेन्द्र बस्नेत, प्रदेश २- धर्मनाथ साह, बागमती – केदार न्यौपाने, गण्डकी – केशवलाल श्रेष्ठ, लुम्बिनी – भागवत विश्वासी र कर्णाली प्रदेश -प्रकाश ज्वाला रहेका छन्।
सुदूरपश्चिम प्रदेशको इन्चार्ज भने टुङ्गो लागिसको छैन।
साथै उपत्यका विशेष प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल र जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङ तोकिएका छन्।
एकीकृत समाजवादीले विभागीय जिम्मेवारीसमेत तोकेको छ। विभागीय जिम्मेवारीअन्तर्गत मोर्चा इञ्चार्जमा विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाह चयन भएका छन्।

