काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले
वामदेव गौतमले उपप्रधानमन्त्री हुनका लागि पार्टी परिवर्तन गरेको बताएका छन् ।

नेकपा (एमाले) काठमाडौं महानगर कमिटीको आयोजनामा शनिबार भएको महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली सो अभिव्यक्तिमा गौतमको नाम नलिई प्रस्तुत भएका थिए।

अध्यक्ष ओलीले भने, “कसैलाई उपप्रधानमन्त्री हुन मन लाग्यो भने निवेदनमा के व्यहोरा हाल्छन् भने तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, तपाईंले पार्टीले भनेको मान्नु भएन, तपाईँमा अरुलाई सम्मान गर्ने भावना रहेन । त्यसकारण तपाईँको पार्टी छोडेँ।”

ओलीले भने, “उपप्रधानमन्त्री हुन पाउँ भनेर उतातिर गएँ भने हुन्छ नि, किन केपी शर्मा ओलीलाई गाली गर्ने ?’

अस्वस्थताका कारण शनिबारका कार्यक्रम तथा भेटघाटमा ओली उपस्थित नहुने बताइएको भए पनि उनी सो कार्यकर्ता भेलामा पुगेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *