blood testFILE - Test tube with Corona virus name label is seen in this illustration taken on January 29, 2020. Photo: Reuters

काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ८७५ जनाको स्वाबको परीक्षण गर्दा एक हजार २६८ जनामा पोजिटिभ देखिएको हो।

६ हजार ७५३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको र ३ हजार १२२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएको छ।

कोरोना सङ्क्रमणबाट विगत २४ घण्टामा ९ जनाको निधन भएको छ। यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १० हजार ८१८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार १९५ जना निको भए।  हाल नेपालमा सक्रिय संक्रमित सङ्ख्या ३१ हजार ८२६ रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *