RAIN

काठमाडौं : शनिबार(आज) प्रदेश १‚ बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहान प्रदेश १ र सुदूरपश्चिमका विभिन्न स्थानमा पानी परेको छ। अन्य प्रदेशको मौसम सफा रहेको छ।

आज दिउँसो प्रदेश १‚ बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम पूर्ण बदली रहने र यी प्रदेशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र गण्डकीका केही भूभागमा चाहिँ मेघगर्जनसहित वर्षा हुनेछ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश २ र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *