काठमाडौं : कोभिड १९ को संक्रमणका कारण उपत्यकामा लगाइएको निषेज्ञाधा हटाइएको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा हटाउने आदेश जारी गरेको हो ।

जारी आदेशमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयमा विद्यालयहरु सञ्चालन गर्न सकिने बताइएको छ ।

भिडभाड नगर्न, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न, चाडपर्वहरु सांकेतिक रुपमा मात्र मनाउनसमेत आदेशमा उल्लेख गरिएको छ ।

स्वास्थ्य मापदण्डहरु पालना नगरे कारबाही गर्ने जनाउँदै संक्रमण बढेको खण्डमा आदेशमा भएका व्यवस्थाहरु पुनरावलोकन गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *