काठमाडौं : आज देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही भागमा भने भीषण वर्षाको सम्भावना रहेको छ।

बिहान देशभर सामान्य बदली रहेको र प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा सममान्य वर्षा भएको छ।

दिउँसो पनि देशभर मौसम बदली रहने छ भने देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका केही भूभागमा चाहिँ मेघगर्जनसहित भारी वर्षा हुने सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राती देशभर सामान्य बदली रहने,देशका केही भूभागमा सामान्य वर्षा हुने र बागमती प्रदेशका एकदुई स्थानमा भीषण वर्षा हुनेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *