काठमाडौँ — सरकारी अध्ययनअनुसार करिब दुई तिहाइभन्दा बढी नेपालीमा कोभिड–१९ विरुद्धको एन्टिबडी विकास भएको छ । खोप लगाएका वा प्राकृतिक रूपमै कोभिड संक्रमण निको भएर यति धेरै नेपालीमा प्रतिरोधी क्षमता विकास भएको सरकारको दाबी छ ।

सर्वेक्षणले कोभिडविरुद्धको खोपको प्रभावकारितासमेत राम्रो देखाएको छ । सर्वेक्षणअनुसार मुलुकमा एक मात्रा खोप लगाएकामा ८० प्रतिशत र दुई मात्रा खोप लगाएकामा ९० प्रतिशत कोभिडविरुद्धको एन्टिबडी देखिएको छ ।

६ महिनाभन्दा बढी उमेरका व्यक्तिहरूमा असार २१ देखि साउन ३० गतेसम्म संकलित नमुनामध्ये १३ हजार १ सय ६१ जनाको परीक्षण तथा विश्लेषण गर्दा ६८.६ प्रतिशत व्यक्तिमा कोभिडको एन्टिबडी देखिएको हो । ‘कोभिड–१९ संक्रमणको दोस्रो राष्ट्रिय ‘सेरो प्रिभ्यालेन्स’ सर्वेक्षण भएको समय मुलुकमा १८ वर्षमाथिका जनसंख्यामध्ये करिब साढे १० प्रतिशत जतिले कोभिडविरुद्धको खोप लिएको जनाउँदै डा. राजेन्द्र बीसीले भने, ‘कोभिडविरुद्ध एन्टिबडी देखिएका ६८.६ प्रतिशतमध्ये करिब साढे १० प्रतिशतमा खोपले गर्दा एन्टिबडी देखियो भने ५८ प्रतिशतमा आफैं प्राकृतिक रूपमा संक्रमित भएर निको भएका हुन् ।’

सर्वेक्षणको प्रारम्भिक नतिजाअनुसार देशभरि दुई तिहाइभन्दा बढी व्यक्तिमा कोभिडविरुद्घको एन्टिबडी विकास भएको देखिन्छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने । उनका अनुसार सातवटै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, सहर सबै लिंग उमेर, पेसा तथा सबै समूहमा करिब समान रूपमै एन्टिबडी देखिएको छ । दुई तिहाइ नेपाली भनेको करिब दुई करोड जनसंख्या हो । जसमध्ये यो अध्ययनका लागि अन्तिम नमुना संकलन गर्दाको दिनसम्म पहिलो वा दोस्रो पनि खोप लगाएका व्यक्तिको संख्या ३० लाख थियो । त्यस्तै अहिलेसम्म पनि करिब ७ लाख ५९ हजार संक्रमित भएको पुष्टि भएको छ । यसरी खोप लगाएका र कोभिड पुष्टि भएको जनसंख्या करिब ३७ लाख भए पनि दुई करोड जनसंख्यामा कसरी एन्टिबडी बन्यो ?

पुष्टि भएको संख्या थोरै भए पनि निकै धेरै नेपाली संक्रमित भएको तर धेरैमा लक्षण नदेखिएको वा देखिए पनि परीक्षणमा नगएको सरकारी अधिकारीहरूको भनाइ छ । ‘डेल्टा भेरिएन्ट अत्यन्त संक्रामक भएकाले दोस्रो लहरमा धेरै जनसंख्यामा संक्रमित भयो,’ डा. पौडेलले भने, ‘सर्वेक्षणअनुसार लक्षण नभएका र टेस्ट नभएका व्यक्तिमा समेत धेरै बढी कोभिडको संक्रमण देखिएको छ ।’

‘सेरो प्रिभ्यालेन्स’ सर्वेक्षण भएको समय मुलुकमा १८ वर्षमाथिका जनसंख्यामध्ये करिब साढे १० प्रतिशत जतिले कोभिडविरुद्धको खोप लिएको जनाउँदै डा. बीसीले भने, ‘कोभिडविरुद्ध एन्टिबडी देखिएका ६८.६ प्रतिशतमध्ये करिब साढे १० प्रतिशतमा खोपले गर्दा एन्टिबडी देखियो भने ५८ प्रतिशतमा आफैं प्राकृतिक रूपमा संक्रमित भएर निको भएका हुन ।’ सर्वेक्षणको प्रारम्भिक नतिजाले कोभिड नेपालमा व्यापक रूपमा फैलिएको देखाएको जनाउँदै वरिष्ठ जनस्वास्थ्यविद् बीसी भन्छन्, ‘सर्वेक्षणले मुलुकमा करिब १० प्रतिशत जनसंख्या खोप र ५८ प्रतिशत जनसंख्या प्राकृतिक रूपमै संक्रमित भएर कोभिडविरुद्ध प्रतिरोधक क्षमता हासिल गरेको देखिएको छ ।’

पहिलो लहरको भाइरसभन्दा ‘डेल्टा भेरिएन्ट’ करिब शतप्रतिशत बढी संक्रामक देखिएको छ । गत असार ३१ गते गरिएको पछिल्लो जिनोमिक सिक्वेन्सिङ (जिनोमिक पहिचान) मा शतप्रतिशत नमुनामा डेल्टा भेरिएन्ट देखिएको र डेल्टा भेरिएन्ट देखिएकाहरूमध्ये करिब ८ प्रतिशतमा डेल्टा प्लस (एवाई.१) समेत देखिएको थियो ।

त्यस्तै अत्यन्त संक्रामक मानिएको कप्पा भेरिएन्ट (बी.१.६१७.१) समेत नेपालमा पुष्टि भइसकेको छ । कप्पा भेरिएन्ट पहिलो लहरको भाइरसको दाँजोमा २८ देखि ८९ प्रतिशतसम्म बढी संक्रामक देखिएको छ । अहिले भने मुख्य रूपले नेपालमा कप्पा देखिएको छैन । तर डेल्टा, डेल्टा प्लस, कप्पा आदि सबैको सर्ने दर उच्च रहेको छ । यी भेरिएन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनहरूबाट पाइएको डा. पौडेल जनाउँछन् ।

दोस्रो राष्ट्रिय ‘सेरो प्रिभ्यालेन्स’ सर्वेक्षण भएको समय मुलुकमा १८ वर्षमाथिका जनसंख्यामध्ये करिब साढे १० प्रतिशत जतिले कोभिडविरुद्घको खोप लिएको जनाउँदै डा. बीसीले भने, ‘कोभिडविरुद्ध एन्टिबडी देखिएका ६८.६ प्रतिशतमध्ये करिब साढे १० प्रतिशतमा खोपले गर्दा एन्टिबडी देखियो भने ५८ प्रतिशतमा आफैं प्राकृतिक रूपमा संक्रमित भएर निको भएका हुन् ।’ सर्वेक्षणले आगामी दिनमा हुने भीडभाड र चाडपर्वलाई व्यवस्थित गर्दा धेरै व्यक्तिको ज्यान जोगाउन सकिने प्रस्ट रूपमा सन्देश दिएको औंल्याउँदै डा. पौडेल भन्छन्, ‘हाल मुलुकमा देखिएको भन्दा बढी संक्रामक र खतरनाक भेरिएन्ट आउने जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाउनु अपरिहार्य देखिएको छ ।’स्रोत: कान्तिपुर ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *