logo

नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले चार महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन्। नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुने चौधरीले बताएका हुन्।

‘अबको चार महिनाअघि नै हाम्रो नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने सम्भावना बढेको छ’, उनले भने,’त्यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ। हामीबीच कुरा अघि बढेको छ।’

चौधरीले डा.बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका अन्य कम्युनिष्ट घटकबीच पनि एकता गरेर बलियो पार्टी बनाउने दाबी पनि गरेका छन्।

‘माओवादीसित अन्य साना दलहरूसँग पनि हामी एकताको प्रक्रियामा छौँ’, उनले भने,’चार महिनामै हामी देशको सबैभन्दा ठूलो पार्टी बन्ने दिशामा छौँ।’स्रोत: नागरिक ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *