काठमाडौं : नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि निर्वाचन आयोगले बुधबार बोलाएको छ।

यी दुई पार्टीले नयाँ दल दर्ताका निम्ति आयोगमा निवेदन दिएका थिए।

आयोगले दुव‌ै दललाई सनाखतका लागि बिहान साढे एघार बजेदेखि दिउँसो २ बजेसम्म अढाइ घण्टा समय दिएको छ ।

सनाखत गर्न आउँदा नागरिकतासहित उपस्थित हुनुपर्ने आयोगले जनाएको छ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि नयाँ पार्टी गठनका लागि दुवै दलले प्रक्रिया अघि बढाएका हुन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *