काठमाडाैं : नेकपा (एमाले) को स्थायी कमिटी बैठक  भोलि बस्दै छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार मङ्गलबार ११ बजे बस्ने गरी तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओली र  एमालेका उपाध्यक्ष डा.भीम रावललगायतका नेताबीच सोमबार भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो ।

उनीहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम अघि बढ्ने समझदारी भएको बताइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *