ntc

काठमाडौँ — नेपाल टेलिकमले गत आर्थिक वर्षमा सेवातर्फको आयमा सुधार गरे पनि मुनाफा घटेको छ । गत आर्थिक वर्षमा टेलिकमको मुनाफा सवा २ अर्ब रुपैयाँ घटेको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा टेलिकमले सेवाबापत ३५ अर्ब ९० करोड ३७ लाख आय गरेको थियो । गत वर्ष टेलिकमको आय १ अर्ब २८ करोड ३७ लाख बढेको टेलिकमले जनाएको छ । गत वर्ष टेलिकमको मुनाफा ७ अर्ब ४५ करोड ४० लाखमा

सीमित भएको छ । त्यसअघिको आर्थिक वर्षमा टेलिकमले ९ अर्ब ७४ करोड ८९ लाख खुद मुनाफा गरेको थियो । कोभिडका कारण व्यवसायमा कमी आएपछि मुनाफा घटेको टेलिकमको भनाइ छ ।

टेलिकमले ब्याज आम्दानीमा कमी आउनुलाई पनि मुनाफा घट्नुको आधार दाबी गरेको छ । ‘बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा घट्न गएको हुँदा ब्याज आम्दानीमा कमी आएको,’ टेलिकमले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोभिड महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय रोमिङ धेरै गिरावट आएको र ओभर द टप सेवाका कारण अन्तर्राष्ट्रिय कलबाट हुने आयमा पनि गिरावट आएको टेलिकमले जनाएको छ । डेटाको उपभोग बढे पनि महामारीका बेला डेटाको मूल्य घटाइएपछि त्यसबाट हुने आम्दानीमा पनि कमी आएको टेलिकमले बताएको छ ।स्रोत: कान्तिपुर ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *