काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले मधेसका जिल्लाहरूमा शनिबार अगुवा कार्यकर्ता भेला गरेको छ। झापा, धनुषा, पर्सा र कैलाली गरी मधेसका चार जिल्लामा भेला आयोजना गरेको हो।

धनुषाको भेलामा महन्थ ठाकुर, राजेन्द्र महतो, उमाशंकर अरगरिया, वृषेश चन्द्र लाल, झापामा केशव झा, सन्तोष मेहता, पर्सामा शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, विमल श्रीवास्तव र कैलालीमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी, दानबहादुर विश्वकर्मालगायतका नेताहरुले सम्बोधन गरेका थिए।
फरक फरक भेलामा ठाकुर पक्षका नेताहरुले
कम्युनिस्ट पृष्ठभूमिका उपेन्द्र यादवले जसपालाई कम्युनिस्ट धारमा लैजान खोजेको आरोप लगाउँदै यादवले सत्तामा जानका लागि मधेसलाई प्रयोग गरेको पनि आरोप लगाएका थिए।
ठाकुर पक्षका वक्ताले भेलाहरुमा यादवको कडा आलोचना गरेका थिए ।

