अफगानिस्तानका रक्षा मन्त्रीको घरमा सशस्त्र समूहले आक्रमण गर्दा चार जनाको ज्यान गएको छ।  आक्रमणका बेला रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएको बीबीसीले जनाएको छ।​

बन्दुकधारीहरूले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रिन जोनस्थित रक्षा मन्त्रीको निवासमा कार बम हमला गरेका थिए। साथसाथै उनीहरूले गोली पनि चलाएका थिए।

रक्षा मन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको बीबीसीले जनाएको छ। उक्त हमलामा संलग्न आक्रमणकारीहरू पनि सुरक्षाकर्मीद्वारा मारिएका जनाइएको छ ।

मुख्य अफगान शहरहरूमा तालिबान विद्रोही र सरकारी फौजबीच लडाइँ जारी रहेको तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ले तत्कालै हिंसा अन्त्य गर्न आह्वान गरेका बेला उक्त आक्रमण भएको हो।  सुरक्षा अधिकारीहरूले घटनामा चार जना मारिएको बताएका छन्।

अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तका सहरमा अफगान फौज र तालिबानबीच भीषण लडाइँ जारी छ। संयुक्त राष्ट्रसङ्घले मङगलबार लस्कर गाह सहरमा अघिल्लो दिन मात्र कमतिमा ४० सर्वसाधारण मारिएको जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *