logo

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै भीडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै संक्रमणको उच्च जोखिम यथावत रहेकाले सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली जस्ता गतिविधि नगर्न आग्रह गरेका हुन्।

भीडभाडजन्य गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गए तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको छ।

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकालगायतका जिल्लाहरुमा कोरोनाको संक्रमण दर उच्च हुँदै गएको र अस्पतालहरुमा भेन्टिलेटर आइसीयू र आकस्मिक सेवाका बेडहरुमा बिरामीको चाप बढ्दै गएको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *