काठमाडौं । गएको महिना धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते भई खाल्डोमा खसेकी महिलालाई जिउँदै पुरेर फरार हुँदै आएका स्काभेटर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई कञ्चनपुरकाे भारतीय सीमा क्षेत्रबाट पक्राउ गरी नेपाल ल्याएकाे हो । महिला बिहानको समयमा स्थानीय महिला फागुन १७ गते बिहानताका ४५ वर्षीया सरस्वती कुमाल घाँस बोकेर सोही बाटो हुँदै घर फकँदै गर्दा स्काभेटरको ठक्करबाट खाल्डोमा खस्दा उद्धार गर्नुको साटो ढुंगामाटोले पुरेर हत्या गरेको आरोप बुढाथोकीमाथि छ ।

पुरेको घटना बसका यात्रुले देखेपछि स्थानीय बजारमा खबर भएको थियो । पछि स्थानीय प्रहरी पुगेर ढुंगामाटो हटाएर उद्धार गर्दा महिलाको मृत्यु भइसकेको थियो ।

घटना भएदेखि नै उनी फरार थिए । सीआईबीको टोलीले हिजो मात्र उनलाई पक्राउ गरी धादिङ ल्याएको हो । आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्दैछ ।
अभियुक्त बुढाथोकीमाथि कर्तव्य ज्यानसम्बन्धी कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *