काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक नेपालीको मृत्यु भएको घटनामा सरकार गम्भीर रहेको बताएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री खाँडले तुइनबाट महाकाली नदी पार गर्ने क्रममा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको बारेमा सत्य तथ्य पत्ता लगाउने बताए।

साउन १५ शुक्रबार बिहान तुइनबाट महाकाली नदी तर्ने क्रममा बेपत्ता भएका धामीको नेपाली र भारतीय दुवै पक्षबाट खोजी भइरहेको उनले जानकारी दिए ।

मन्त्री खाँडले घटनाबारे स्थलगत अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरिएको र टोलीलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समय तोकिएको समेत जानकारी दिए । उनले छानबिन प्रतिवेदनका आधारमा सरकारले कदम चाल्ने पनि बताए ।

गृहमन्त्री खाँडले धनुषा जिल्ला प्रहरी कार्यालयमा एकजना बन्दीको मृत्यु भएको विषयमा पनि सरकारको ध्यानाकर्षण भएको र अनुसन्धान भइरहेको जानकारी गराए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *