काठमाडौं : एमाले महासचिव ईश्वर पोखरेलले एमालेमा दुई अध्यक्षको व्यवस्था गर्न नसकिने बताएका छन् ।

आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीलाई जवाफ दिँदै महासचिव पोखरेलले नेपाल पक्षले भनेजस्तो माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन नसकिने बताएका हुन्।

पार्टी एकताका लागि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउने चर्चा केही दिनदेखि चलिरहेको थियो । नेता नेपाल चाहिँ आफूले लडेको लडाइँ पदका लागि नभएको बताउँदै आएका थिए।

महासचिव पोखरेललेको आइतबारको अभिव्यक्ति नेता नेपाल फर्किने कुरामा ओली पक्षमा विश्वास हराउँदै गएको लक्षणका रूपमा पनि हेरिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन संसदमा मतदान गरेको भन्दै आक्रोशित अध्यक्ष ओलीले नेता नेपाललाई देशद्रोही भएको आरोपसमेत लगाए। नेता नेपाल अध्यक्ष ओलीले बेला बेला प्रयोग गर्ने तीखा वचनबाट रुष्ट बन्दै आएका छन्। यसबाट एमाले एकताको सम्भावना कमजोर बन्दै गएको देखिँदै छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *