काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले हाल देशमा सञ्चालनमा रहँदै आएका तुइन हटाउन निर्देशन दिएका छन् । आइतबार गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्रीले सो निर्देशन दिएका हुन्।

शुक्रबार महाकाली नदीमा रहेको तुइन तर्ने क्रममा नेपाली युवा नदीमा खसेर बेपत्ता भएका थिए । त्यसपछि तुइन हटाउने विषयमा गृहमन्त्रीको यस्तो निर्देशन आएको हो ।

गृहमन्त्रीले देशभर तुइन भएका स्थानमा तुइन हटाउने र झोलुङ्गे पुल निर्माणमा गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् ।

गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल ,मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी, गृह प्रवक्ता फणीन्द्रमणि पोखरेल लगायत
बैठकमा उपस्थित थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *