काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटी बैठक शनिबार(आज) बस्दै छ। अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाएका हुन्।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँगको वार्ता निष्कर्षमा नपुग्दै अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।
आजको बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको स्थायी कमिटी सदस्यहरुलाई जानकारी दिइएको छ। जसमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण तथा वितरण रहेका छन्।
गत बिहीबार अध्यक्ष ओलीले नेपाल पक्षसँग सहमति गर्न शनिबारसम्मको समय तोकेका थिए। यदि सहमति जुट्न नसके शनिबार स्थायी कमिटी बैठक बसी त्यही किसिमले अघि बढ्ने बताएका थिए।

