पाेखरा : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले केही दिनभित्रै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका छन् ।

मदन भण्डारी फाउन्डेस कास्कीद्वारा बिहीबार पोखरामा आयोजित ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले एक–दुई दिनभित्रै पार्टी एकीकरणको टुङ्गो लाग्ने बताए ।

“पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने, “पार्टी एकताका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको प्रत्यक्ष वार्ताको तयारी भएको छ ।”

नेकपा एमाले केन्द्रीय सचिवसमेत रहेका गुरुङले सङ्गठित पार्टी निर्माणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउँदै पार्टीको आगामी महाधिवेशनले अहिले देखिएका असन्तुष्टिको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नेमा जोड दिए।

फाउण्डेशन कास्कीका अध्यक्ष माधव बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरी, फाउण्डेशनका महिला संयोजक हिरा गिरी लगायतले पार्टी एकताको आवश्यकताका विषयमा धारणा राखेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *