काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले सम्मानजनक एकता हुनुपर्नेमा जोड दिएका छन् । नेता नेपाललाई समान हैसियतसहितको अध्यक्ष बन्नका लागि उनीपक्षीय नेताहरुले दबाब पनि दिइरहेका छन् । समान हस्ताक्षर चल्ने गरी अध्यक्ष बन्नुपर्ने नेपालनिकट नेताहरुको भनाइ छ ।

तर, नेता नेपालले भने आफूलाई अध्यक्ष पद नचाहिएको प्रष्ट पारेका छन् । मङ्गलबार आफूपक्षीय जनवर्गीय संगठनका नेताहरुसँगको छलफलमा उनले आफू पदको लोभी नभएको बताएका हुन् ।

उनले उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता खनालसहितको अध्यक्षमण्डल बनाउन सकिने विकल्प अघि सारेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

“म लोकतन्त्र, गणतन्त्र, संसद् बचाउन लडेको हुँ । म पदका लागि लडेको होइन । पद मेरा लागि गौण कुरा हो,” नेता नेपालले भनेका थिए, “मलाई पदको लोभ छैन । म अध्यक्षका लागि लडेको होइन । अध्यक्षमण्डल पनि बनाउन सकिन्छ । त्यसमा केपी ओलीसहित झलनाथजी, वामदेवजी जान सक्नुहुन्छ ।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *