बिर्तामोड, साउन १३ गते । दमकमा मोटरसाईकल दुर्घटनामा परी कनकाई नगरपालिका ३ सुरुङ्गाका हेवन होटलका संचालक दम्पत्तीको घटनास्थलमै मृत्यु भएको छ ।
गएराती १० बजेर १५ मिनेट जाँदा दमक चिया बगान क्षेत्रमा उहाँहरू सवार माेटर साइकललाई ट्रकले ठक्कर दिँदा ४३ बर्षीय पुर्णबहादुर विष्ट र उहाँकी श्रीमती ३६ बर्षाीया हीमा विष्टको घटनास्थलमै मृत्यु भएको हो । उहाँहरु सवार मोटरसाईकललाई विपरित दिशाबाट आएको ना ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिएको थियाे ।


