काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको दाबी गरेका छन् । सोमबार उनले संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक भएको धारणा राखेका छन्।

पार्टीको आन्तरिक छलफल र बहसका लागि भन्दै ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’शीर्षकको अवधारणा पत्रमार्फत सोमबार विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनर्संरचना, संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने धारणा अगाडि सारेका थिए। सोही विषयमा बहस सुरु भएपछि थापाले यस्तो बताएका हुन्।

थापाले आफूहरु सही बाटोमा छौँ भन्ने प्रमाणित हुँदै आएको बताएका छन्। ‘संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक छ।’थापाले भनेका छन्, ‘विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ती विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो। हामी सही बाटोमा छौँ भन्ने प्रमाणित हुँदैछ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *