प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकको माग सम्बोधन गर्न संघीय शिक्षा ऐनको पुनरावलोकन गर्नु पर्ने बताउँदै कानुन मन्त्रालयमा पुगेको उक्त ऐन फिर्ता मागेका छन्।

प्रधानमन्त्री देउवासँग विद्यालय तहका शिक्षकहरूले पटकपटक भेटेर संघीय शिक्षा ऐन फिर्ता गरी शिक्षकको माग सम्बनेधन गर्न आग्रह गरेपछि प्रधानमन्त्रीको निर्देशनमा शिक्षा मन्त्रालयले ऐन फिर्ता गरेको हो। आइतबार मात्रै नेपाल शिक्षक संघले प्रधानमन्त्रीलाई भेटेर विद्यालय शिक्षालाई स्थानीय, प्रदेश र संघको सझा अधिकारभित्र राख्न ऐनको पुनरावलोकन गर्नुपर्ने माग राखेका थिए।

साथै संघीय शिक्षा ऐनमा शिक्षक महासंघसँग भएको समझौतालाई आधार मानेर मात्र ऐन ल्याउनुपर्ने माग राखेको नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष यमपीं भुसालले बताए। प्रधानमन्त्री देउवाले कानुन मन्त्रालयबाट फिर्ता आएको संघीय शिक्षा ऐनको पुनरावलोकन गरी शिक्षकको समस्या हल गर्ने प्रतिवद्धता जनाएको बताइएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सरकार परिवर्तन हुनसाथै ऐनहरू समीक्षाका लागि फिर्ता आउने प्रक्रिया स्वभाविक भएको बताए। ‘सरकार परिवर्तन हुँदा नीति कार्यक्रम तथा प्राथमिकता नै परिवर्तन हुन्छ,’ प्रवक्ता शर्माले भने ‘सरकार परिवर्तनसँगै ऐन फिर्ता आउँछ। फेरि एक पटक समीक्षा हुन्छ, यो त्यही प्रक्रिया हो। यसमा अन्यथा केही होइन।’
-नागरिक दैनिकबाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *