काठमाडौँ: जसपाभित्र आधिकारिकता विवाद निर्वाचन आयोगले सोमबार टुंग्याउँदैछ । यसका लागि जसपाका सबै ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरु आयोगमा उपस्थित भएका छन् ।

जसमध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरे भने १६ जना महन्थ ठाकुरको पक्षमा उभिए ।
आयोगले यसअघि नै जसपा केन्द्रीय कार्यकारिणी समितिमा रहेका सदस्यहरुलाई सनाखतका लागि बोलाएको थियो । आयोगमा जसपाको ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यको नामावली छ ।
सोमबार दिउँसो उनीहरु सबै सनाखतका लागि आयोग पुगेका थिए । कारागारमा रहेका जसपा केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी समेत हस्ताक्षरका लागि आयोगमा पुगेका छन् । उपेन्द्र समूहका नेताहरुका अनुसार चौधरीले पनि यादव समूहका लागि नै हस्ताक्षर गर्दैछन् ।
यससँगै अब जसपाको विवाद निरुपण भएको छ । अध्यक्ष यादवले महन्थ ठाकुरलाई सच्चिएर आत्मालोचना गरेर आएमा पार्टीमा समेट्न सकिने प्रतिक्रिया दिएका छन् ।
जवकि ठाकुर आयोगको यो सनाखत प्रक्रियाको विपक्षमा थिए । उनले यस निर्णयविरुद्ध अदालतमा रिट समेत दायर गरेका थिए । आयोगको यो निर्णयसँगै जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएको छ । उनको पक्षमा दुईतिहाइ केन्द्रीय कार्यकारिणी सदस्य उभिएका छन् ।
कुन नेता कुन समूहमा ?
१ उपेन्द्र यादव
२ अशोक राई
३ डा.बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ मो।लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहाय प्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो.ईस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रसान्त सिंह
२९ भक्तबहादुर शाह
३० शुशिला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव
३३ गजाधर रोहिता यादव
३४ मनिषकुमार सुमन
महन्थ ठाकुर समूह
१ महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरत् सिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ राजकुमार लेखी
१२ केशबकुमार झा
१३ अकवाल अहमद शाह
१४ दानबहादुर विश्वकर्मा
१५ निर्जला राउत
१६ सुनीलकुमार झा

