साउन ११ गते । भारतमा गएको चौबीस घण्टामा ३९ हजार ३६१ जना सङ्क्रमित थपिएका छन् । भारतमा हाल चार लाख ११ हजार १८९ जना सक्रिय सङ्क्रमित छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार गएको चौबीस घण्टामा ४१६ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणले मृत्यु हुने चार लाख २० हजार ९६७ पुगेका छन् ।

गएको चौबीस घण्टामा ३५ हजार ९६८ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म भारतमा तीन करोड पाँच लाख ७९ हजार १०६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म ४३ करोड ५१ लाख कोभिड १९ विरुद्धको खोप खर्चिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *