काठमाडौं : नेकपा (एमाले) को ओली पक्षीय युवा संघले ‘युथ फोर्स’ काठमाडौं उपत्यका कमाण्ड घोषणा गरेको छ।

शनिबार एक कार्यक्रमबीच एमाले महासचिव ईश्वर पोखरेलले युथ फोर्सका सेन्ट्रल कमान्डका सहकमान्डर पुष्पराज श्रेष्ठको अध्यक्षतामा ११ सय १ सदस्यीय भ्याली कमाण्ड घोषणा गरेका हुन् ।

कमिटी घोषणा गर्नुअघि युवा संघले काठमाडौंको माइतीघर मण्डलबाट सांसद महेश बस्नेतको नेतृत्वमा र्‍याली निकालेको थियो ।

युथ फोर्स सेन्ट्रल कमान्डका संयोजक क्षितिज थेबेले समाज परिवर्तन र सरकारलाई खबरदारी गर्नका लागि युथ फोर्स गठन गरिएको बताए । युथ फोर्सले पार्टी एकता अभियानको पहल र स्वागत गर्ने उनको भनाइ थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *