blood testFILE - Test tube with Corona virus name label is seen in this illustration taken on January 29, 2020. Photo: Reuters

ब्राजिलमा कोभिड-१९ को संक्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी संक्रमित भएका छन्।

ब्राजिलमा विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए । हाल मृत्यु हुनेको संख्या त घटेको छ तर संक्रमितहरु भने झनै बढेका छन् । शुक्रबार अघिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कम्तीमा पनि १ लाख ८ हजार जना मानिस संक्रमित भएका छन्।

यो सँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट संंक्रमित हुनेहरुको संख्या १ करोड ९६ लाख पुगेको छ। जसका कारण त्यहाँको जनजीवन पनि निकै प्रभावित भएको देखिएको छ। त्यसैगरी गएको २४ घण्टामा यहाँ यो संक्रमणबाट १ हजार ३२४ जनाको ज्यान गएको छ। यो संक्रमणबाट अहिलेसम्म ब्राजिलमा ५ लाखभन्दा बढीको ज्यान गएको बताइएको छ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या पाँच लाख नाघेको छ।

त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ५ लाख ४८ हजार ९५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा संक्रमित हुनेको संख्या बढेको पाइएको छ। त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता अघि घटेको देखिएकोमा अहिले बढेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *