एजेन्सी:
ब्राजिलमा कोभिड-१९ को सङ्क्रमण पछिल्लो समयमा निकै बढेको छ। ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन्।

यहाँ विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका थिए। हाल मृत्यु हुनेको सङ्ख्या घटेको अवस्थामा भए पनि सङ्क्रमितहरू भने बढिरहेका छन्।
शुक्रबार २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट कम्तीमा १ लाख ८ हजार मानिस सङ्क्रमित भएका छन्। यससँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट सङ्क्रमित हुनेहरूको संख्या १ करोड ९६ लाख पुगेको छ।

