काठमाडौं : शुक्रबार (आज)दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसकेका छन्।आजको बैठकमा प्रधानमन्त्री देउवालाई शुभकामना दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री देउवाको तर्फबाट महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *