जनकपुर : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसलाई उपयुक्त स्थानमा पुर्‍याउनका लागि पार्टी नेतृत्व आफ्नो हातमा लिन चाहेको बताएका छन्।

जलेश्वरमा महेश्वर सिंह स्मृृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै उपसभापति निधिले सो कुरा बताएका हुन्।

उनले भने, ‘म कसैलाई पराजित गर्न होइन, कांग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिँदै छु।’

यसका निम्ति सबै नेता कार्यकर्ताको साथ र सहयोगको   आवश्यकता रहेको उनले बताए।

नेपाली कांग्रेस परिवर्तन, प्रणाली र संविधानको पक्षधर पार्टी रहेकाले पार्टीको यस लाइनलाई थप मजबुत बनाउने कुरामा निधिले आफू प्रतिबद्ध रहेको कुरा बताए।

कार्यक्रममा निधिले कांग्रेसको नेतृत्वमा बनेको यस सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरे। साथै अबको डेढ वर्षपछि हुने निर्वाचन गराउने जिम्मेवारी पनि नेपाली कांग्रेसकै काँधमा रहेकाले यस अवधिमा अहोरात्र जनतामाझ गएर खट्न नेता कार्यकर्ताहरुलाई उपसभापति निधिले निर्देशन दिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *