काठमाडौं : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका कुनै पनि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नराख्ने भएका छन् ।

यसअघि पार्टी प्रमुख प्रधानमन्त्री बनेका खण्डमा सम्बन्धित पार्टीका बैठकहरू बालुवाटारमै राखिने गरेका थिए। प्रधानमन्त्री देउवाले पनि गत शुक्रबार र शनिबार पार्टीको बैठक बालुवाटारमै राखेका थिए । तर पार्टीभित्रैबाट विरोध भएपछि देउवाले अब पार्टीका बैठकहरु पार्टी केन्द्रीय कार्यालय सानेपा वा देउवा निवास बूढानीलकण्ठमा राख्ने भएका छन्।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले गलत परम्परालाई तोड्दै अबदेखि पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने भनी जानकारी गराएका छन्।

यसैको कार्यान्वयनस्वरूप प्रधानमन्त्री देउवाले शुक्रबार बस्ने पदाधिकारी बैठक आफ्नो निजी निवास बूढानीलकण्ठमा बोलाएका छन्।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा पार्टीका सम्पूर्ण बैठकहरू  प्रधानमन्त्री निवास बालुवाटारमै राख्ने गरेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *