कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजार ३५२ जनाले लगाइसकेका छन्। साउन ४ गतेदेखि शुरु भएको जोन्सन एण्ड जोन्सन खोप अभियानमा बुधबार अपराह्न ४ बजेसम्म ८१ हजार ३५२ जनाले लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ।

जोन्सन एण्ड जोन्सन खोप अभियानमा अहिले सात प्रदेशमध्ये बागमती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। मन्त्रालयका सह–प्रवक्ता डा.अधिकारीले बागमती प्रदेशमा ७८ हजार ४३५ जना र गण्डकी प्रदेशमा २९ सय १७ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाइसकेको जानकारी दिए।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रामबहादुर केसीले राजधानी पोखरामा भने भेरोसेल खोपको अभियान सकिएपछि मात्र जोन्सोन खोप उमेर समूहका आधारमा लगाउन शुरु गरिने जानकारी दिए। साथै, अन्य जिल्लामा भने जोन्सन खोप अभियान शुरु भइसकेको उनले बताए। अहिले ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, शरणर्थी, शिविरमा रहेका र विदेश जाने नागरिकलाई जोन्सोन खोप दिइँदै आएको उनले बताए।

अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको थियो। यो खोप वैज्ञानिक हिसाबले एक डोज लगाए पुग्ने खोप हो। यसैगरी मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार अहिले नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी तीन प्रकारको खोप प्रयोगमा ल्याइएको जानकारी दिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *