काठमाडौं : नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्यको पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष सिंहले राजीनामा बुझाएका हुन्।

पार्टीको क्रियाशील सदस्यामाथि भएको छानबिनप्रति असन्तुष्ट सिंहले बुधबार साँझ राजीनामा बुझाएका हुन्।

सिंहले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीमा उत्पन्न विवादले पार्टीलाई चुस्त र गतिशील बनाउन अवरोध गरेको बताएका छन् ।

सिंहले प्रदेश नम्बर २ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारप्रति चिन्ता व्यक्त गरेका छन् । निष्ठावान्, गतिशील र पार्टीप्रति समर्पित पुराना तथा युवा साथीलाई समेट्न नखोजेको आरोप उनले लगाएका छन् ।

निष्ठावान् युवालाई नसमेटी मनोमानी तरिकाले क्रियाशील सदस्यता वितरण भएको आरोप उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *