काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि दुईवटा मन्त्रालयको जिम्मेवारी लिँदै सरकारमा जाने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष महन्थ ठाकुरबीच बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा दुईवटा मन्त्रालयको जिम्मेवारी लिने सहमति भएको हो ।
ठाकुर पक्ष पक्षले कुन-कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा सहमति भइसकेको छैन ।

