काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको आज बसेको बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ ।

यादव-भट्टराई पक्षका सांसदहरूको उपस्थितिमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त विधान पारित गरेको हो।
जसपाको अर्को बैठकले संसदीय दलको नेता चयन गर्ने र सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने बताइएको छ।

