काठमाडौँ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली (खड्गप्रसाद ओली) लाई अब न्यायपालिकामाथि खड्ग चलाउने भूत चढेको कुरा व्यक्त गरेका छन्।

उनले सामामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुरा उल्लेख गरेका हुन्।

ओली र उनका पक्षधरले कार्यपालिका र व्यवस्थापिका ध्वस्त पारेर धित नमरेपछि अब न्यायपालिकामाथि प्रहार गर्न लागेको आरोप लगाएका छन् ।

निर्दलीयताका पक्षधर जस्तो आफै देखिएका ओलीले संविधानसभाले विशेष व्यवस्था गरेको धारा७६ (५)ले निर्दलीयता ल्याउने हौवा फैलाउनुलाई भट्टराईले चोरको ठूलो स्वरसँग तुलना गरेका छन्।

भट्टराईले लेखेका छन्, “खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ! जो चोर उसको ठूलो स्वर भने झैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा७६(५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ!त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र?”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *