काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।आन्दोलनरत पाँच विद्यार्थी संगठनको माग सम्बोधन गर्दै निगमले पेट्रोल डिजेल र मट्टीतेलमा मूल्य घटाएको हो।

विद्यार्थी संगठनसँगको वार्तापछि निगम मूल्य घटाउन सहमत भएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हालको निर्णयअनुसार पेट्रोल प्रतिलिटर १२८ तथा डिजेल र मट्टीतेल १११ रुपैयाँ कायम भएको छ।
यो मूल्य बुधबार रातीबाट कार्यान्वयन हुने जनाइएको छ।

