काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधव नेपालबीच अहिले कोटेश्वरमा छलफल जारी रहेको छ। छलफलका लागि देउवा कोटेश्वर पगेका हुन्।

प्रधानमन्त्री देउवा र नेपालबीच विश्वासको मतबारे छलफल भएको र पछिल्लो राजनीतिक विषयमा पनि कुराकारी भइरहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

देउवाले प्रधानमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसका लागि नेपाल समूहको मद्दत आवश्यक रहने हुनाले यस विषयमा छलफल गर्न देउवा कोटेश्वर पुगेको बताइएको छ।

एमालेका नेपाल समूह, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चासहितको संयुक्त गठबन्धनको सहयोगमा देउवा मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा परमादेश जारी गरेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *