बुधबार नेप्से परिसूचक झिनो अंकले उकालो लागेको छ । सेयर बजार मापक नेप्से परिसूचक १.०१ अंकले बढेर दुई हजार ८७२.०५ अंकमा पुगेको छ । ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक भने झिनो अंकले माइनसमा गएको छ । सेन्सेटिभ परिसूचक ०.१४ अंकले घटेर ६३९.३८ अंकमा पुगेको छ ।

आज २१४ कम्पनीको चार करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर पाँच अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ सबइन्डेक्समध्ये ५ समूहबाहेक सबै समूहको सेयर माइनसमा गएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *