काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर फरार अभियुक्तको सूचिमा परेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् ।

गच्छेदार बुधबार अदालतमा हाजिर भएको विशेष अदालतका सूचना अधिकारी नारद प्रसाद भट्टराईले जानकारी दिए ।

यसअघि अदालतले बोलाउँदा उपस्थित नभएपछि उनलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयागले ललिता निवास जग्गा प्रकरणमा गत २२ माघमा १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गच्छेदारविरुद्ध ९ करोड ६५ लाख विगो जरिवाना माग गरिएको छ ।

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री रहेको बेला प्रधानमन्त्री निवासले चर्चेको १ सय १४ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको प्रकरणमा अख्तियारले मुद्धा दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरुमध्ये शोभाकान्त ढकालबाट सबैभन्दा धेरै ४९ करोड रुपैयाँ बराबरको विगो र जरिवाना माग गरिएको छ । १ सय १० जनाबाट जग्गा फिर्ता गरी कारबाही गर्न र ६५ जनाबाट जग्गा फिर्ता लिन अख्तियारले माग गरेको छ ।

यही प्रकरणमा एमाले नेता विष्णु पौडेललाई उन्मुक्ति दिएको भन्दै केपी ओली सरकारको चर्को आलोचना समेत भएको थियो ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *