mal

काठमाडौं : नेपाल सरकारले बंगलादेशबाट खरिद गरेको मल आइपुगेको छ । नेपाल तथा बंगलादेशका दुई कम्पनीबीचमा ५० हजार टन मल ल्याउने सम्झौता भएकामा २ टन बढी खरिद गरी मल नेपाल ल्याइएको हो ।

सम्झौता गरेको भन्दा २ हजार टन थप गरेर ५२ हजार टन रासायनिक मल आइपुगेको छ । बंगलादेशबाट युरिया मल ल्याउनका लागि नेपाल कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्डस्ट्रिज’बीच सम्झौता भएको थियो । बंगलादेशसँग प्रतिटन २५९.१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको थियो ।

सम्झौतामा मल थपघट गरेर ल्याउने व्यवस्था भएअनुसार अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य सस्तो भएकाले ५२ हजार खरिद गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका प्रवक्ता विष्णु पोखरेलले बंगलादेशबाट ५२ हजार मेट्रिक टन मल आइसकेको जानकारी दिए । मलको वितरण नियमितरूपमा भइरहेको उनले जानकारी दिए । यो वर्ष समयमा मल आयात गरेकाले मलको अभाव नभएको उनले जानकारी दिए ।

प्रत्येक वर्ष किसानले मलको अभाव खेप्नुपरेको थियो । यो वर्ष समयमै मल आयात गरिएकाले बजारमा अभाव छैन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *