काठमाडौं : सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्दैछन्।

बिहान ११ बजे निजी निवास बालकोट सर्न लागेका ओलीलाई उनको पार्टी नेकपा एमालेको भातृ संगठन युवासंघका कार्यकर्ताले स्कटिङ गर्ने भएका छन्।
एमाले नेता महेश बस्नेतका अनुसार ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कटिङ र स्वागत गर्दै बालकोट पुर्याउने छन् ।
यसका लागि बस्नेतले बालुवाटारमा ११ बजे भेला हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

