काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न असहमति जनाएका छन् ।

उनले आफूले धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गरेको र सर्वोच्च अदालतले त्यसै धाराअनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गरेका हुन् ।
राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छन् ।
राष्ट्रपतिले जारी गरेको विज्ञप्तिबारे विवाद भएपछि प्रधानमन्त्री देउवा ढिलो शीतलनिवास पुगेका छन् । साँझ ६ बजे गर्ने भनिएको शपथग्रहण अहिलेसम्म भएको छैन।
देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

