काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज प्रधानमन्त्री नियुक्त गर्ने भएकी हुन् ।

यता प्रधानमन्त्री ओलीले भने राजीनामा दिनु नपर्ने भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्नु भनेर समय नै किटान गरिसकेको हुँदा वर्तमान प्रधानमन्त्री ओलीले राजीनामा दिनुु नपर्ने संविधान तथा कानुनका ज्ञाताहरूले बताएका छन् ।

सर्वोच्च अदालतले सोमबार दिएको परमादेशमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनेपछि एकाएक नयाँ राजनीतिक परिस्थितिको निर्माण भएको छ । देउवाले प्रधानमन्त्रीको शपथ लिएपछि सानो आकारको मन्त्रिमण्डल पनि बनाउने बताइएको छ।

प्रधानमन्त्री ओली भने आजै मध्यान्हसम्म बालकोट फर्किसक्ने स्रोतले बताएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *