काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा नरहने बताएका छन् ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपश्चात् बसेको विपक्षी गठबन्धनको बैठकमा पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति फेरिएकाले गठबन्धनमा नरहने बताएका हुन् ।
प्रतिनिधिसभा बचाउनुपर्छ भनेर आफूहरु विपक्षी गठबन्धनमा गएको कुरा बताउँदै पुर्नस्थापना भइसकेपछि गठबन्धन असान्दर्भिक भएको नेपाल पक्षको ठहर छ । एकलौटी रूपमा अघि नबढेर सबैलाई मिलाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्न उनले देउवालाई सुझाव दिएका थिए ।

